४६ पालिकाको मत परिणाम सार्वजनिक
अहिलेसम्म कहाँ कसले जित्यो ? (सूचीसहित)
एमाले १६, कांग्रेस १५, माओवादी केन्द्र १३ पालिकामा विजयी, जसपा, राप्रपा अहिलेसम्म शून्य

काठमाडौँ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम आउन थालेका छन् । अहिलेसम्म देशभरका ४६ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएका छन् । अन्य केही पालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म परिणाम सार्वजनिक भएकामध्ये सवैभन्दा बढी नेकपा एमालेले जितेको छ । एमालेले १६ वटा पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ ।
त्यसपछि क्रमशः कांग्रेस र माओवादी देखिएका छन् । कांग्रेसले १५, माओवादी केन्द्रले १३ वटा पालिकाको प्रमुख पदमा जित निकालेको छ । एकीकृत समाजवादीले भने २ वटा पालिकामा मात्रै अहिलेसम्म जितेको छ । राप्रपा, जनता समाजवादी लगायतका पार्टीहरुले भने अहिलेसम्म कुनै पनि पालिकामा जितेको छैन ।
पारम्भिक मत परिणामको रुझान हेर्दा कांग्रेस पहिलो पार्टी हुने देखिएको छ । एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने देखिएको छ । गत स्थानीय तह चुनावमा एमाले पहिलो पार्टी थियो । यो पटक उसको पालिका जितेको सिट संख्या करिव सय आसपासमा घटने अनुमान लगाउन थालिएको छ ।
माओवादी केन्द्र र कांग्रेसको परिणाममा भने सुधार देखिएको छ ।
नेकपा एमाले विजयी भएका पालिकाहरू
१, मनाङको ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी
२, मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५, मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६, डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७, सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८, नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
९, बझाङको थलारा गाउँपालिका : अध्यक्ष प्रकाश रोकाया विजयी
१०, मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
११, म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
१२, बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
१३, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष यादवबहादुर खापुङ
१४, महाकाली नगरपालिका- दार्चुला
१५, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
१६,, राइनास गाउँपालिका -स्यांडजा
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
१, मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
२, मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
३, मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
४, गुल्मीको रेसुङ्गा नगरपालिकामा : खिलध्वज पन्थी विजयी
५, गन्यापधुरा गाउँपालिका : अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६, गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष सरोजकुमार थापा विजयी
७, डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष भैरवबहादुर साउद विजयी
८, हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
९, बागलुङको तमानखोला गाउँपालिका : अध्यक्ष जोकलाल बुढा
१०, मुसिकोट नगरपालिका -गुल्मी
११, लिखुपिके गाउँपालिका- सोलुखुम्बु
१२, भैरवी गाउँपालिका- दैलेख
१३, स्वामीकार्तिक गाउँपालिका- बाजुरा
१४, सभापोखारी गाउँपालिका – संखुवासभा
१५, कुमाख गाउँपालिका – सल्यान, अध्यक्ष मान बहादुर बुढाथोकी विजयी
नेकपा माओवादी केन्द्र
१, डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी
२, दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३, बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
४, उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
५, रोल्पाको थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर
६, खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
७, नौगाड गाउँपालिका- दार्चुला
८, थवाङ गाउँपालिका- रोल्पा
९, ताँजाकोट गाउँपालिका- हुम्ला
१०, अजिरकोट गाउँपालिका- गोरखा,
११, थुलुङ दुधकोशी गाउँपालिका- गोरखा
१२, मार्मा गाउँपालिका- दार्चुला
१३, अपि हिमाल गाँउपालिका बाग्लुङ
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१, डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी
२, डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी
प्रतिक्रिया