माओवादीसँग बराबर मत आएपछि कांग्रेस कार्यकर्ताले मतपत्र च्याते
मेरोन्यूज
२०७९ जेठ २ गते १९:२७
ओखलढुंगा । जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ को गणनाको क्रममा वडाध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा मतपत्र च्यातिएको हो ।
कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मत गणना स्थल तनाव ग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चिसंखुगढीमा कांग्रेस र माओवादीको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मत गणना थालिएको थियो ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया