मंगलबार, चैत ५, २०८१

माओवादीसँग बराबर मत आएपछि कांग्रेस कार्यकर्ताले मतपत्र च्याते

मेरोन्यूज २०७९ जेठ २ गते १९:२७

ओखलढुंगा । जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ को गणनाको क्रममा वडाध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा मतपत्र च्यातिएको हो ।

कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मत गणना स्थल तनाव ग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चिसंखुगढीमा कांग्रेस र माओवादीको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मत गणना थालिएको थियो ।

प्रतिक्रिया