विवाद बढेपछि भरतपुरमा मत गणना स्थगित
मेरोन्यूज
२०७९ जेठ २ गते २२:४६

काठमाडौँ । भरतपुर महानगरको मत गणना स्थगित भएको छ । मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको भन्दै विवाद बढेपछि मत गणना स्थगित भएको हो ।
निर्वाचन अधिकृतले त्यस्ता दुई मत बदर गरेपछि एमालेका प्रतिनिधिले आपत्ति जनाएका छन् । दुईमध्ये एउटा माओवादी र अर्को एमालेमा मत संकेत गरिएको थियो ।
भरतपुरमा अहिले वडा नम्बर ४ मा मत गणना भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया