संसद भवनअगाडि ‘सिलिण्डर बम’ राखेको आरोपमा चार जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ ३ गते २२:४९

काठमाडौँ । गत वैशाख ३० गते बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘सिलिण्डर बम’ राखेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (सिवादी)ले विष्फोटको जिम्मा लिएको थियो । सो समूह नेकपा विप्लव समूहबाट चोइटिएर बनेको संगठन रहेको खुलेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएर बल्खु बस्ने बिके सिंह, करण श्रेष्ठ, राज थापा र हरिकृष्ण थापा छन् । सो समूहले ‘जनयुद्ध–२’ आह्वान गरेको पर्चा घटना स्थलमा भेटिएको थियो ।
बिहान करिब २ बजेतिर आगो बलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरूले सिलिण्डरबाट ग्याँस लिक गराएर मट्टितेल छर्केको कपडामार्फत आगो लगाएर हिँडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पछि सो सिलिण्डर विष्फोट भएको थियो ।
प्रहरीले घटनामा प्रयोग गरिएको २ वटा स्कुटर, पर्चा र कम्ब्याट ड्रेस बरामद गरेको छ ।
सम्बन्धित
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया