केशव स्थापितले आफ्नो वडामा लिए सुरूवाती अग्रता, बालेनले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्।
वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ। त्यस वडाको २०० मतगणना गर्दा स्थापितले ६० मत पाएका छन्। उनका प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्।
अहिले वडा नम्बर १, २, ३, र ५ को मतगणना सकिइसकेको छ। यी सबै वडामा शाह नै अगाडि छन्। त्यस्तै वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना भइरहेको छ।
यी वडाहरूमा पनि शाह नै अगाडि देखिन्छन्। ४५ हजार २ सय ८९ मत गन्दा अहिलेसम्म शाहले मात्रै १७ हजार ६ सय ४३ मत पाएका छन्। स्थापितले भने ९ हजार ११० मत पाएका छन्। सिंहले भने ८ हजार १६७ मत पाएकी छन्।
उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले अहिलेसम्म १४ हजार ७१७ मत पाएकी छन्।
















त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया