नेप्से झिनो अंकले सुधार

काठमाडौं । सेयर बजार नेप्सेमा बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।
नेप्सेमा बुधबार ७० कम्पनी का सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेमा बुधबार बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार बैकिङ सेक्टर, डेभलमेण्ट बैंक, फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टर का लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।

















समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
समानुपातिकमा १ करोड ४ लाख मतगणना
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया