सरकारको नीति तथा कार्यक्रम १० गते प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आगामी जेठ १० गते मंगलबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी सरकारले तयारी थालेको छ ।
स्थानीय तह निर्वाचनका कारण सरकारले बजेट अधिवेशन जेठ ३ गतेबाट मात्र बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले जेठ ३ गते संघीय संसदको बजेट अधिवेशन आह्रवान गरेकी थिइन् ।
संसदमा अहिले विनियोजन विधेयक २०७९का सिद्धान्त र प्राथमिकता माथी छलफल जारी छ । त्यसपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।
गत वर्ष भने सरकारले नीति तथा कार्यक्रम प्रस्तुत नगरी अध्यादेशमार्फत बजेट ल्याएको थियो । गत वर्ष बैशाख अन्तिममा तत्कालिन प्रधानमन्त्री केपी ओलीको सत्ताआकाक्षाले राजनीति तरलतामा गएपछि राष्ट्रपतिले वहुमत जुटाई प्रधानमन्त्री बन्न गरेको आग्रहमा कसैको पनि बहुमत पुगेको आधार नदेखिएको भन्दै एमाले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । त्यसपछि ओलीले संसद विघटन गरेर दुई चरणमा संघीय चुनाव घोषणा गरेका थिए । संसद विघटन भएपछि ओली नेतृत्वको सरकारले त्यसपछि नीति तथा कार्यक्रम बिनै जेठ १५ मा अध्यादेशमार्फत पूर्ण आकारको बजेट ल्याएको थियो ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने सम्वैधानिक ब्यवस्था छ । त्यस अगाडी सरकारले आफनो प्राथमिकता क्षेत्र तय गदै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विधादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा आई प्रस्तुत गर्ने चलन छ ।
नीति तथा कार्यक्रममा ११ र १२ गते छलफल गराई पारित गर्ने र जेठ १२ वा १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारीमा सरकार छ ।
सदनमा अहिले वजेटका प्राथमिकता क्षेत्रका विषयमा छलफल शुरु भएको छ ।

















Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया