निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि भएको बताएको छ। गत बैशाखमा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धि आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको छ।
बैशाखसम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको उल्लेख गरिएको छ।
कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको बैंकले बताएको छ। २७ बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको उल्लेख गरिएको छ।
८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको बैंकको भनाई छ। बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ६।२३ प्रतिशत छ। त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तार भएको बैंकले बताएको छ।
औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशत बढेको उल्लेख गरिएको छ। वैशाख मसान्तसम्ममा बाणिज्य बैंकहरुसंग कुलनिक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । कुलकर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको बैंकको भनाई छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा (९० प्रतिशत)भन्दा बढीे देखिएको बैंकले बताएको छ। औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८प्रतिशत रहेको उल्लेख गरिएको छ।
नेपाल बैंकले देशभर २१३ शाखा, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाखग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको दाबी गरेको छ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया