निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि भएको बताएको छ। गत बैशाखमा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धि आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको छ।
बैशाखसम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको उल्लेख गरिएको छ।
कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको बैंकले बताएको छ। २७ बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको उल्लेख गरिएको छ।
८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको बैंकको भनाई छ। बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ६।२३ प्रतिशत छ। त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तार भएको बैंकले बताएको छ।
औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशत बढेको उल्लेख गरिएको छ। वैशाख मसान्तसम्ममा बाणिज्य बैंकहरुसंग कुलनिक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । कुलकर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको बैंकको भनाई छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा (९० प्रतिशत)भन्दा बढीे देखिएको बैंकले बताएको छ। औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८प्रतिशत रहेको उल्लेख गरिएको छ।
नेपाल बैंकले देशभर २१३ शाखा, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाखग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको दाबी गरेको छ।

















७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
समानुपातिकमा १ करोड ४ लाख मतगणना
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया