बागलुङमा ८५ वडा कांग्रेस विजयी हुँदा एमाले १६ मै खुम्चियो

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेसले ६ स्थानीय तहमा जित हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका, काठेखोला, बडीगाड, तमानखोला र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सो पार्टीले विजय हासिल गरेको हो । यसैगरी नेकपा माओवादी केन्द्रले ताराखोला गाउँपालिका रे ढोरपाटन नगरपालिको जितेको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका चार स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको थियो । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जित हासिल गरेको छ ।
यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङमा वसन्तकुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, गलकोटमा भरत शर्मा गैरे, बडीगाडमा गण्डकी थापा अधिकारी, तमानखोलामा जोकलाल बुढा र निसीखोलामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।
यसअघि जैमिनी, गलकोट, निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लोपटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जित हासिल गरेको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिका, जैमिनी र ढोरपाटन नगरपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।
जैमिनीमा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटनमा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गरे । तमानखोलामा कांग्रेसका हिराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित भए भने बरेङमा दिलीपकुमार पुन र ताराखोलामा भिमबहादुर रोकाले जीत हासिल गरे ।
जैमिनीको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भए । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जिते । ताराखोलाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङको उपप्रमुख, गलकोटको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जिते भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जितेका थिए ।
अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले ६, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।
बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।
एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको ६ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया