भरतपुरमा जगन्नाथले मतान्तर घटाउँदै, रेनु दाहालको मत कति ?
मेरोन्यूज
२०७९ जेठ ६ गते १७:३५

चितवन । जिल्लाको भरतपुर महानगरमा मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तीन हजार २०२ मतले अग्रता लिएकी छन् । शुक्रबार साँझ ५ बजेसम्मको मत गणनाअनुसार उनी तीन हजार मतले अगाडि भएकी हुन् ।
कूल ५९ हजार ९१७ मत गणना सम्पन्न हुँदा दाहालले मात्रै २२ हजार ५९६ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ३९४ मत पाएका छन् ।
यसैगरी, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७३ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८४६ मतका साथ अगाडि रहेका छन् । एमालेसँग गठबन्धन गरी उम्मेदवारी दिएकी राप्रपाकी हिमला गुरुङले १५ हजार ३११ मत पाएकी छन् ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया