जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते
मेरोन्यूज
२०७९ जेठ ७ गते २०:३०
मकवानपुर । जिल्लाको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका २ कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजेको समयमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
जिपमा सवार ८ जनामध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया