१५ देशमा फैलियो मंकीपक्स संक्रमण

काठमाडौं । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ ।
देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ ।
मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।
यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने , थकान महशुस हुने लक्षण देखिन्छ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया