शुक्रबार, पुष १८, २०८२

साताको पहिलो दिन ३४ अंकले घट्यो नेप्से

मेरोन्यूज २०७९ जेठ ९ गते १६:५६

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज एकै दिन ३४ अंकभन्दा बढी अंकले घटेको छ । साताको पहिलो दिन आज नेप्से सूचक ३४.२१ अंकले घट्दै २२ सय अंक आइपुगेको हो ।

आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । जसमा १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचकमा २.६२ प्रतिशतले घटेको छ ।

यस्तै, होटल तथा पर्यटन २.४४ प्रतिशतले, हाइड्रोपावर २.०८ प्रतिशतले, फाइनान्स समूह २.०४ प्रतिशतले र लगानीको समूह २.०१ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, विकास बैंक समूह १.९७ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूह १.७२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.८४ प्रतिशतसहित सबै समूहमा अंक घटेको छ ।

प्रतिक्रिया