२४ लाख रुपैयाँको खैरो हेरोइनसहित ६ जना पक्राउ
काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले २४ लाख बराबरको खैरो हेरोइन (ब्राउन सुगर)सहित ६ जनालाई पक्राउ गरेको छ । ब्यूरोले विभिन्न समयमा २४६ ग्राम खैरो हिरोइनसहित ६ जनालाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका २७ वर्षीय विवेक त्वायना, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका घर भएका ३४ वर्षीय कर्ण बहादर सेलिङ, झापाको शिवसताक्षी नगरपालिका घर भएका २४ वर्षीय सोनम भन्ने योगेश कुमार सेलिङ, झापा भद्रपुर घर भएका १९ वर्षीय हरदिप राजवंशी, भारत पश्चिम बगाल, पानीटयाङकी घर भएका २३ वर्षीय अर्जुन रोय र भारत पश्चिम बंगाल, पानी ट्याङकी घर भएका २१ वर्षीय सुरेन बरमन रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत लागु औषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए ।
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया