शनिबार, पुष १९, २०८२

हवाई भाडा ४४५ रुपैयाँसम्म वृद्धि, यस्तो छ सूची

मेरोन्यूज २०७९ जेठ ९ गते १९:२१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेसँगै हवाई भाडा बढेको छ । वायुसेवा सञ्चालक संघले आगामी बुधबारदेखि लागु हुने गरी हवाई भाडा बढाएको हो ।

संघका अनुसार काठमाडौंबाट धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकैपटक ४४५ रुपैयाँ भाडा बढेको हो । निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० बढाएर १६६ रुपैयाँ पुर्‍याएको थियो ।

बढेको मूल्यअनुसार काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५ रुपैयाँ भाडा बढेको हो ।

प्रतिक्रिया