महालक्ष्मी बैंक मनायो २८ औँ वार्षिकोत्सव
मेरोन्यूज
२०७९ जेठ ९ गते २१:३०

काठमाडौँ । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशभर रहेका १०३ शाखाबाट सेवा दिँदै आएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सबै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवन दान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता केही मात्रामा पूरा गर्न ३३ वटा शाखाबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिँदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
सम्बन्धित

















मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया