बीवाईडीको ब्रान्ड दूत बने कलाकार हरिवंश आचार्य

काठमाडौं । नेपालमा बीवाईडीका बिजुली गाडी बिक्री गर्दै आएको साइमेक्स इन्क प्रालिले ब्रान्ड दूत (एम्बेसेडर ) मा कलाकार हरिवंश आचार्यलाई नियुक्त गरेको छ। बिवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक सीमेक्स प्रा. लि. नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न ब्रान्ड एम्बेसेडर हरिवंश आचार्य र कम्पनी बिच सम्झौता भएको छ ।यही जेठ ७ गते देशभरका बीवाईडी डिलरहरूको उपस्थितिमा आयोजित बीवाईडी डिलरको मिट २०७९ मा सम्झौतामा हस्ताक्षर गरिएको थियो।
ब्रान्ड एम्बेसेडरमा नियुक्त भएका हरिवंश आचार्यले हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गरेको बताए । आर्चायले भने,‘ विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावीकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका छन् । सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु ।’
जलविद्युत् उत्पादनको सम्भाव्यताको साथमा, हाम्रो देशको अर्थतन्त्र, दिगोपनमा बिजुलीको अत्यावश्यक हिस्सा हुनेछ र हाम्रो राष्ट्रका आम जनतामा चेतना जगाउन हरिवंश आचार्य बोर्डमा रहको कम्पनी जनाएको छ ।
आचार्यले आफ्नो बहुमुखी अभिनय कौशल, आफ्नो काममा अर्थपूर्ण सन्देशहरू समावेश गर्न नवीन विचारहरू र धेरै सामाजिक परियोजनाहरूमा काम गर्ने परिवर्तन निर्माताका लागि परिचित छन् ।
उनको ब्रान्ड र आजसम्मका उनको कामहरूसँग मिल्दोजुल्दो जीवनको लागि प्राविधिक आविष्कारहरू सिर्जना गर्ने हाम्रो दृष्टिकोणमा विश्वास राख्ने कम्पनीले जनाएको छ ।
ब्रान्ड एम्बेसेडरको सन्देशको प्रसारले विद्युतीय गतिशीलता र यसका फाइदाहरूका बारेमा देशभरका मानिसहरूमा चेतना जगाउने साथै कम्पनीको ब्रान्ड निर्माण गर्न र ग्राहकहरूको विश्वास प्राप्त गर्न सहयोग पुर्याकउनेछ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको वर्तमान परिदृश्य, हामी इन्धन संकट, जलवायु र वातावरणीय समस्याहरूको दीर्घकालीन समाधान, विद्युत उत्पादन क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्न निकट भविष्यमा नेपालमा विद्युत क्रान्ति ल्याउन सफल हुने विश्वास कम्पनीले लिएको छ ।
















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया