दश महिनामा व्यापार घाटा १४ खर्ब, सवा दुई खर्बको पेट्रोलिय पदार्थ आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत वर्षभन्दा २४ दशमलव ९४ प्रतिशत बढी हो ।
अघिल्लो वर्षको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ ।
यस्तो व्यापार अघिल्लो वर्षको तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो । गत वर्षको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो ।
सार्वजनिक तथ्यांकअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारले मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ । विभागका अनुसार गत वर्षको पहिलो १० महिनाको तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ ।
गत वर्षको वैशाख मसान्तसम्म १२ खर्ब ५४ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात १६ खर्ब चार अर्ब पुगेको छ ।
त्यस्तै २०७७–७८ को पहिलो दश महिनाका तुलनामा चालु वर्षको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका वस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा एक खर्ब ७३ अर्ब बढी मूल्यका वस्तुको निर्यात भएको छ ।
विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ ।
यस वर्षको वैशाख मसान्तसम्म मुलुकमा एक खर्ब २४ अर्ब रुपैयाँको डिजेल भित्रिएको छ । त्यस्तै, पेट्रोल ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थमा मात्रै पछि भटमासको तेल आयात भएको तथ्यांकले देखाउँदछ । दश महिनाका अवधिमा ४९ अर्ब ४१ करोड मूल्यभन्दा बढीको भटमासको तेल आयात भएको छ ।
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्यांकअनुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीको भटमासको तेल निर्यात भएको छ ।













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया