मंगलबार, फागुन २६, २०८२

दश महिनामा व्यापार घाटा १४ खर्ब, सवा दुई खर्बको पेट्रोलिय पदार्थ आयात

मेरोन्यूज २०७९ जेठ १० गते १४:३५

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत वर्षभन्दा २४ दशमलव ९४ प्रतिशत बढी हो ।

Advertisement
nepal life insurencenepal life insurence

अघिल्लो वर्षको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ ।

यस्तो व्यापार अघिल्लो वर्षको तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो । गत वर्षको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो ।

सार्वजनिक तथ्यांकअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारले मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ । विभागका अनुसार गत वर्षको पहिलो १० महिनाको तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ ।

गत वर्षको वैशाख मसान्तसम्म १२ खर्ब ५४ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात १६ खर्ब चार अर्ब पुगेको छ ।

त्यस्तै २०७७–७८ को पहिलो दश महिनाका तुलनामा चालु वर्षको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका वस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा एक खर्ब ७३ अर्ब बढी मूल्यका वस्तुको निर्यात भएको छ ।

विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ ।

यस वर्षको वैशाख मसान्तसम्म मुलुकमा एक खर्ब २४ अर्ब रुपैयाँको डिजेल भित्रिएको छ । त्यस्तै, पेट्रोल ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थमा मात्रै पछि भटमासको तेल आयात भएको तथ्यांकले देखाउँदछ । दश महिनाका अवधिमा ४९ अर्ब ४१ करोड मूल्यभन्दा बढीको भटमासको तेल आयात भएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्यांकअनुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीको भटमासको तेल निर्यात भएको छ ।

प्रतिक्रिया