अनलाइनबाट २९ लाख ठगी गर्ने युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले राजधानीबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगर १७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका ८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् । उनलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
उनले अमेरिकाबाट सञ्चालन भएको लटरीमार्फत ६ लाख २७ हजार ६११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि भन्दै विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितलाई विश्वासमा पारी ठग्ने गरेको प्रहरीको भनाइ छ ।
नेपालमा रहेका विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई उनले २८ लाख ७९ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारकाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
















यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया