बुधबार, माघ ७, २०८२

बिहे गर्छु भन्दै १४ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

मेरोन्यूज २०७९ जेठ १० गते १७:४८

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई विवाह गर्छु भन्दै फकाएर आइतबार राति आफ्नै कोठामा लगेर महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया