शुक्रबार, पुष १८, २०८२

हप्ता दिनमा दोस्रोपटक बढ्यो गाडी भाडा

मेरोन्यूज २०७९ जेठ १० गते १८:२२

काठमाडौँ । सरकारले हप्ता दिनमा दोस्रोपटक सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । आजदेखि नै लागू हुने गरी लामो दुरीको सार्वजनिक सवारीको भाडा वृद्धि भएको हो ।

यसअघि गत ३ गते मात्रै भाडा वृद्धि भएको थियो । पेट्रोलियम पदार्थमा पुनः प्रति लिटर १० रुपैयाँ मूल्यवृद्धि भएसँगै सार्वजनिक सवारीको पनि भाडा वृद्धि भएको हो ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडा दरअनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक गाडीमा २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

इन्धनको मूल्य एकैपटक ५ प्रतिशत वा सोभन्दा बढी वृद्धि भए सार्वजनिक सवारीको भाडा पनि वृद्धि हुन्छ ।

प्रतिक्रिया