मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

काठमाडौँ । अखिल नेपाल किसान महासंघले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष बलराम बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले जनताको महँगीको मारमा परेको बताए ।
उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिले बहुसंख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउन धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कम गर्न तथा तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन माग गरिएको छ ।
महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर ६३, खाना पकाउने ग्यासमा ३२७, तथा अन्य वस्तुमा ठूलो मात्रामा कर उठाएकाले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।
कोरोनाले थलिएका जनता मुद्रास्फिति, चर्को ब्याजदार, खाने तेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावले लगानीका क्षेत्र संकुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक संकट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ ।
















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया