एनआईसी बैंकद्वारा राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
मेरोन्यूज
२०७९ जेठ १० गते २१:४६

काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालक समितिको ५४५ औँ बैठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६÷०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
०६४ मंसिरदेखि तत्कालीन बैैंक अफ एशिया विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट सेवामा जोडिएका राठी विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुखलगायत विभिन्न जिम्मेवारी लिदै कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
बैंकिंङ क्षेत्रमा करिब २० वर्ष विभिन्न कार्यअनुभव संगालेका राठीले नियुक्तिले बैंकले आगामी दिनमा थप उचाई हासिल गर्ने विश्वास गरेको छ ।
सम्बन्धित













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया