दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस !

काठमाडौं । काठमाण्डौंको दरवारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते शुक्रवार जम्मा ५ रुपैयामा हेयर कट र नेल सर्भिस दिने भएको छ ।
आफनो पाँचौ बार्षिक उत्सवका अवसरमा शुक्रवार हेयर कट र नेल सर्भिस जम्मा रु ५ मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुलीले जानकारी दिए ।
बार्षिक उत्सको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयामा , दोस्रोमा २ रुपैयामा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन । यसैबीच शुक्रबार पाँचौ वार्षिक उत्सव मनाउदै दिभानले ५ रुपैयामा सेवा दिन लागको सञ्चालक पराजुलीले जानकारी दिए ।
वार्षिक उत्सवको दिन विहान ९ बजेदेखी बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ । सो दिन सेवा लिन आउने सवैलाइ ५ रुपैयामानै सेवा दिने पनि दि भानले जानकारी दिएको छ ।
यस्तै वार्षिक उत्सवका अवरमा अरु दिन पनि सम्पुर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिए । दी भान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखी काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ ।
दिभान युनिसेक्स सलुन कसरी सुरु भयो र यसले के कस्तो सेवा प्रदान गर्दै आएको छ भन्ने बारे थाहाँ पाउन दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुलीसँगको कुराकानी ।
नेपालमा कर्पोरेट स्तरमा हेयर र ब्यटि सर्भिसको कन्सेप्ट कसरी आयो ?
नेपालमा पछिल्लो समयमा मानिसहरु देश विदेश घुम्नथाले, मानिहरुलाई बौद्धिक विकाससंगै व्यक्तित्व विकासमा पनि ध्यान दिनुपर्छ भन्ने मान्यता बढ्दै गएको थियो । त्यहि बेला मैले नेपालमा हेयर, नेल, स्किनमा गुणस्तरिय सेवा दिदाँ यसको भविष्य छ भन्ने लाग्यो । पाँच वर्ष अघि मैले सोचेको त्यो सोच आज सहि पनि सावित भएको छ । मानिसहरु स्तरीय सेवाको खोजीमा थिए, त्यहि बेला दि भान सुरु गर्यौ, हाम्रो सेवा र गुणस्तर पनि मानिसहरुलाई मन पर्न थाल्योे र आज हामी नेपालीहरुको पहिलो रोजाइको हेयर र ब्यटी सर्भिस दिने संस्था बन्न पाउदा खुसी लागेको छ ।

दरवारमार्ग जस्तो महंगो ठाँउमा सेवा दिन सजिलो र कठिन के हुने रहेछ ?
कस्तो मिठो प्रश्न गनुभयो, दुइ कारणले हामीले हाम्रो सेवाका लागि दरवारमार्ग रोजेका हौं, पहिलो अहिलेलाई हाम्रो सेवा काठमाडौंमा मात्र छ, त्यसका लागि काठमाडौं मुटु दरवारमार्गमा सेवा दिन सक्दा सेवा लिने र दिने दुवैलाई सहज भएको छ । अर्को दरवारमार्गका जे पनि महंगो छ भन्ने भ्रम छ । त्यो सत्य होइन, हामीले महंगो होइन गुणस्तरिय सेवामा ध्यान दिएका छौं, हामीले दिने सेवा लगभग ७० प्रतिशत भन्दा बढी नेपालीले सहज रुपमा लिन सक्छन । पैसा भन्दा सेवामा ध्यान दिएका कारण पनि हामी एउटा पहिचान बनाएर बस्न सकेका हौं । त्यसकारण दरवारमार्गमा गुणस्तरीय सेवा दिन पाँउदा गर्व लागेको छ ।
अनि पाँचौ वर्षमा पुग्नु भयो, सेवा विस्तार किन गर्नु भएन ?
काठमाडौंमा सफल भइसकेको सेवा विस्तार गर्न हामीपनि आतुर छौ, तर हामीसवैलाई थाहा छ विगत २ वर्ष हामी सवैले महामारीका कारण कठिन रुपमा वितायौं । जसका कारण हामीले आप्नो सेवा राजधानीभित्र पनि अरु ठाँउमा दिन सकेनौं, र मोफसलका जिल्लाहरुमा पनि जान सकेनौं तर तपाई मार्फत जानकारी गराउन चाहान्छु हामी चाडैं सात वटै प्रदेशका राजधानीहरुमा जाने तयारी गरिरहेका छौं, पोखरा, धरान, इटहरी, विराटनगर, चितवन, वुटवल, भैरहवा,नेपालगञ्ज र धनगढीबाट सेवा दिने तयारीमा छौं ।
५ औं वार्षिक उत्सवको अबसरमा थप केहि अफरहरु छन ?
हामी आगामी जेठ १३ गते ५ औं वाषिक उत्सव मनाउदै छौं, हामी हाम्रो वार्षिक उत्सवको दिन जम्मा पाँच रुपैयामा आप्नो हेयर कट र नेल आर्टको सेवा दिदैछौं । पाँच रुपैयामा सेवा दिनुको कारण हाम्रो खुसीमा हाम्रा सेवाग्राहीहरु संगै खुसी साटौं भन्ने हो । हामी १३ गते शुक्रवारको दिन जम्मा रु ५ मा सेवा दिने छौं । धेरै मानिसहरु त्यो दिन सेवा लिन आउनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया