बुधबार, फागुन २७, २०८२

सिटिजन्स बैंक र बज रेस्टुरेन्टबीच समझदारी

मेरोन्यूज २०७९ जेठ १२ गते २०:४६

काठमाडौँ । सिटिजन्स बैंक र सुर्खेतस्थित बजÞ रेस्टुरेन्टबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

समझदारीसँगै सिटिजन्स बैंकका ग्राहकहरूले बजÞ रेस्टुरेन्टका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । यस्तै मोबाइल बैकिङ्गमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानीलगायतको सुविधा दिँदै आएको छ ।

यस्तै ग्राहकलाई ध्यानमा राखेर वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायले बैंकले कियोस्क सेवा सुरु गरेको छ । कियोस्कमार्फत ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिना प्राप्त गर्न सक्ने छन् ।
हाल बैंकले देशभर १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया