आइतबार, वैशाख ६, २०८३

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू

मेरोन्यूज २०८२ फागुन २६ गते २०:४२

काठमाडौं- यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न आग्रह गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै त्यहाँ रहेका करिब सात लाख नेपालीलाई आफ्ना कागजात सुरक्षित राख्न भनेको हो ।‘यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आईडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ,’ दूतावासले सूचनामा भनेको छ, ‘कुनै पनि सेवाको लागि दूतावास तथा कन्सुलेट कार्यालयहरू आउँदा आफ्नो र आफू बसेको ठाउँको सुरक्षा स्थिति मध्यनजर गरी, स्थानीय सूचना तथा सुरक्षा मापदण्डहरू पालना गरेर मात्र सोहीअनुसार, दूतावास तथा कन्सुलेट कार्यालय आउन अनुरोध छ ।’

प्रतिक्रिया