‘कबीर सिंह’को सिक्वेल तयारी

नयाँदिल्ली । बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’ । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् ।
‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ । यही मेसोमा फिल्मका निर्माताद्वय मुराद खेतानी र भुषण कुमारले यसको सिक्वेल ल्याउने तयारी गरिरहेका छन् । यो कुराको खुलासा उनीहरुले फिल्म ‘भूल भुलैया २’को सफलतामा गरेका हुन् ।
गत २० मेबाट प्रदर्शनमा आएको कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भूल भुलैया २’को निर्माता पनि मुराद र भुषण नै हुन् । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।
उनीहरुलाई सञ्चारमाध्यमले ‘अब कुन फिल्मको सिक्वेल लिएर आउँदै हुनुहुन्छ रु’ भनी सोधेका थिए । ‘कवीर सिंह एक आइकोनिक चरित्र हो । त्यसकारण अब यही फिल्मको सिक्वेल दर्शकमाझ आउनेछ’, दुवैले एकसाथ भनेका थिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया