संसदमा घाँटी सुकाएर बोल्दैमा विकास हुन्छ : राजेन्द्र महतो
मेरोन्यूज
२०७९ जेठ १३ गते १६:२९

काठमाडौँ । लोकतन्त्र समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले नीति तथा कार्यक्रमले कर्मकाण्ठी मात्रै भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमले कुनै विकास हुन नसकेको बताए ।
‘संसदमा हाम्रा राष्ट्रपतिले तीन घण्टा घाँटी सुकाएर बोल्नु भयो, प्रतिपक्षी दलका शीर्ष नेताले तीन घण्टा घाँटी सुकाएर बोल्नु भयो, यसरी बोल्दा जनताको पक्षमा कुनै कुरा आयो ?,’ उनले भने, ‘घाँटी सुकाएर बोल्दैमा देशको विकास हुन्छ ?’
नेपाली जनतालाई गुर्मराहमा राखेर विकासको कामलाई ढाकछोप गरेको नेता महतोले आरोप लगाए । उनले जनताले समृद्धि खोजिरहेको भए पनि विकास हुन नसकेको बताए ।
उनले राजनीति कुर्सीका लागि भएको भन्दै जनतामाथि अन्याय भएको बताए । ‘लोकतन्त्रको बलियो भइरहेको छ कि, भ्रष्टाचारी बलियो भइरहेको छ ?,’ उनले प्रश्न गरे ।
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रतिक्रिया