थप १२ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ जेठ १३ गते १९:१०
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा तीन हजार ३८७ को नमूना परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दुई हजार २३८ जनाले पीसीआर र एक हजार १४९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३७ पुगेको छ ।
संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६६ हजार १८१ ले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १२४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १२४ जना संक्रमित रहेका छन् ।
सम्बन्धित
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया