रुस निरन्तर रुपमा युक्रेनको दोनबासतर्फ बढ्दै छः बेलायती प्रधानमन्त्री जोनसन

किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् । ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठूलो मूल्य चुकाएर दोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भने ।
रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुपर्ने उनले बताए । युक्रेनलाई नाजी सोबाट मुक्त गर्न र निशस्त्रीकरण गर्न भन्दै रुसी सेनाले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरिरहेको रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनमा केन्द्रित छ । रुसी सेनाले युक्रेनको बन्दगरगाह सहर मारिओपललाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।
मारिओपलोको स्टिल कारखानामा लामो समयदेखि बन्धक भएका युक्रेनी सेनालाई रुसी सेनाले रिहा गरिदिएका छन् ।
















हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया