अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या !

काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे ।
खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो ।
भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा ।
सरकारी वकिल कार्यालय ताप्लेजुङले जिल्ला अदालतमा बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देवीकाले जेठाजु भीमबहादुरलाई २२ वैशाखको साँझमा ‘ऐतराजले बुबा–आमालाई काटिरहेको छ’, भनेका थिए ।
त्यसपछि कुद्दै जाँदा बाटैमा ऐतराजलाई भेटेको र उनले बुबा–आमालाई गर्धनमा खुुकुरी प्रहार गरी हत्या गरेको बताए । झन आत्तिँदै घर पुग्दा त दुवै जना मृत अवस्थामा देखिएको भीमबहादुरले वयानमा भनेका छन् ।
भीमबहादुरले वयानमा थप भनेका छन्, ‘भाइ ९ऐतराज०ले पहिले पनि बुबा–आमासँग विवाद झगडा गरी बुबा–आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गर्दै आएका थिए । तर, मैले बुबा–आमासँग झगडा गर्नु हुँदैन भन्दै आएको थिएँ ।’
भीमबहादुरका अनुसार बिर्खबहादुर र फिपरानीको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरे । त्यसपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए ।
उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् ।
२२ वैशाखमा भने मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् ।
गाली गरेपछि आफू सुङ्गुरलाई चारो टिप्न गइ घर आएको र त्यसबेला पनि गाली गर्न नछाडेपछि विवाद हुँदा अन्ततस् बुबा बिर्खबहादुर ‘मार्छस् भने मार’ भन्दै आएकाले कम्मरमा भिरेको खुकुरी निकालेर गर्धनमा प्रहार गरेको ऐतराजको बयान छ ।
बयानमै बिर्खबहादुरलाई गर्धनमा प्रहार गर्ने बित्तिकै आमा फिपरानी पनि ‘बुबालाई तैँले मारिस्, मलाई पनि मार’ भन्दै आएकाले रिसको आवेगमा आमालाई पनि गर्धनमै खुकुरी प्रहार गरी हत्या गरेको उल्लेख छ ।
हत्या आरोपी ऐतराजविरुद्ध जिल्ला अदालत ताप्लेजुङमा कर्तब्य ज्यान मुद्दा दर्ता छ ।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता– २०७४ को दफा १७७ ९२० अनुसार जन्मकैदको सजाय माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले जनाएका छन् ।
















चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
प्रतिक्रिया