चर्चित गायिका साकिरामाथि कर छलीको आरोप, कारावासको सजाय हुने

काठमाडौँ । कोलम्बियाकी प्रख्यात गायिका साकिरा आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर, उनै गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् ।
स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ । साकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले त्यसलाई स्वीकारेन ।
गायिका साकिराको कर छलीको मामला पहिलोपटक सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यो समयमा स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानीबापत एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए । यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन् ।
‘यसको पर्याप्त प्रमाण छ कि साकिराले राज्यमा कर तिर्ने प्रतिबद्धता पालन गरेकी छैनन्, यस्तोमा उनीमाथि मुद्दा चलाउन सकिने छ, यदि गायिकामाथिको आरोप सही साबित भए र उनी दोषी ठहरिए भने जरिवानासँगै कारावासको सजाय भोग्न तयार हुनु पर्ने छ,’ अदालतले भनेको छ ।
साकिरामाथि कर छलीको मामला सन् २०१९ को जुनमा अदालतमा दर्ता भएको थियो । गायिकाले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । उनले आफूलाई कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी गरेकी थिइन् ।
तर, अहिले पुनः कर छलीको विषय साकिराका लागि टाउको दुखाइको विषय बनेको छ । यद्यपि, पहिलोपटक न्यायाधीशले अपराधीलाई काराबासको सजायमा माफी दिनसक्ने जनाइएको छ । तर, यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया