पूर्वपदाधिकारीलाई सुविधा दिन लागेको भन्दै गण्डकीमा आफ्नै सरकारको विरोध

पोखरा । गण्डकी सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिन कानुन तर्जुमा गर्न लागेपछि गठबन्धन दलले नै विरोध गरेका छन् । आफ्नै पार्टीको सरकारविरुद्ध उनीहरूले उक्त निर्णयको विरोध गरेका हुन् ।
‘हालै गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानुनी मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको प्रति कास्कीमा क्रियाशील पाँच दलीय गठबन्धनको गम्भीर ध्यानाकृष्ट भएको छ,’ उनीहरूले विज्ञप्ति मार्फत भनेका छन् ।
‘मुलुकको अर्थतन्त्रमा उतारचढाव देखिएको तथा जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारी रूपमा अगाडि बढाउनु पर्नेमा कुनै नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले गठित कार्यदल तत्काल भंग गर्न र जनपक्षीय काममा केन्द्रीत हुन माग गरेका छन् । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित माओवादीका बखानसिंह गुरुङ, एकीकृत समाजवादीका पूर्ण लामा, जसपाका गिरीप्रसाद गुरुङ र जनमोर्चाका रवीमोहन ढकालले उक्त विज्ञप्ति निकालेका हुन् ।















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया