बुधबार, माघ ७, २०८२

मोरङमा पुरुषको शव फेला, कुकुर परिचालन गरी अनुसन्धान

मेरोन्यूज २०७९ जेठ १५ गते ९:४८

मोरङ । जिल्लाको कटहरीमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका १ महेशपुरमा कटहरी २ का ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

शवको विभिन्न भागमा चोट भएकाले हत्या हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सडक छेउको बाँझो खेतमा फेला परेको शवको निधारमा चोट लागेको छ ।

खेतमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया