निजामती कर्मचारी तलब बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।
निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।
कसकाे कित पुग्याे ?
मुख्यसचिबको ६७ हजार १४० बाट १५ प्रतिशत बढेर ७७ हजार २११ पुर्याएको छ । त्यस्तै ६२ हजार ६८० रहेको तलब ७२ हजार ८२ रुपैया पुगेको छ । सहसचिवको ५९ हजार ३८० रहेकोे तलब ५६ हजार ७८७ पुर्याएको छ । त्यस्तै उपसचिवको ४२ हजार ३८० बाट ४८ हजार ७३७ पुगेको छ । अधिकृतको ३७ हजार ९९० रहेको तलब ४३ हजार ६८९ पुगेको छ ।
त्यस्तै सुब्बाको तलब ३० हजार २०० थियो भने यो तलबमा १५ प्रतिशतले बढेर ३४ हजार ७३० पुगेको छ । भने खरिदारको २९ हजार ६१० रहेको तलबबाट ३२ हजार ९०२ पुगेको छ । त्यस्तै कार्यलय सहयोगीको तलब २४ हजार १० बाट २७ हजार ६१२ पुगेको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया