तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा १३ हजार फिटको उचाईमा भेटियो
मेरोन्यूज
२०७९ जेठ १६ गते ८:१८

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । उक्त जहाज थासाङ गाउँपालिका वडा नम्बर ३ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जुन समुद्री सतहबाट १३ हजार फिटको उचाईमा भेटिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।
उनले खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् । उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
आइतबार बिहान ९ ५५ मा पोखराबाट उडेको जहाज १०१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। उक्त जहाँ १३ हजार फिटमा भेटिएको हो ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया