तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा १३ हजार फिटको उचाईमा भेटियो
मेरोन्यूज
२०७९ जेठ १६ गते ८:१८

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । उक्त जहाज थासाङ गाउँपालिका वडा नम्बर ३ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जुन समुद्री सतहबाट १३ हजार फिटको उचाईमा भेटिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।
उनले खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् । उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
आइतबार बिहान ९ ५५ मा पोखराबाट उडेको जहाज १०१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। उक्त जहाँ १३ हजार फिटमा भेटिएको हो ।
सम्बन्धित













नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया