नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुग्यो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको स्थानीय सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताएका छन् ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको उनले जानकारी दिए । ‘शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत अवस्थामा छ,’ उनले थपे, ‘यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।’
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया