बुधबार, माघ ७, २०८२

दुर्घटनाग्रस्त तारा एयरको जहाजमा एकै परिवारका सात जनाको मृत्यु

मेरोन्यूज २०७९ जेठ १६ गते ११:५५
तस्बिर सामाजिक सञ्जाल


काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरको जहाजमा एकै परिवारका सात जना परेका छन् । धनुषाको मिथिला नगरपालिका ११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।

जसमा धनुषाका राजनकुमार गोले, इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरूषोत्तम गोले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ र सुकुमाया तामाङको मृत्यु भएको हो । राजनकुमार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश कमिटी सदस्य हुन् ।
राजनकुमारले शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए। उक्त परिवारका मुक्तिनाथ दर्शन गर्न गएको थियो । जाँदै जाँदै आईतबार बिहान आइतबार बिहान ९ .५५ मा पोखराबाट उडेको जहाज १०.१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर जहाज हराएको थियो । भने सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २को सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियाे।

प्रतिक्रिया