पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार चलान

काठमाडौं । पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि जेलबाट छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान भएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै उनी पक्राउ परेर जेल पठाइएका हुन् ।
जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय पाए पनि सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि उनी २०७७ साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए ।
उनी अब २०९० मंसिर १२ सम्म कारागारमा बस्नुपर्ने भएको छ। पत्नी गीता ढकालको हत्या अभियोगमा २०६८ माघमा पक्राउ परेका कोइरालालाई काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । जिल्लाको फैसलालाई तत्कालिन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका कोइरालालाई तत्कालीन प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा साढे ८ वर्ष कैद बसे पुग्ने फैसला गरेको थियो ।
सर्वोच्चको उक्त फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो । त्यही निवेदनमाथि फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले बिहीबार कोइरालाको जन्मकैदको सजाय घटाउने यसअघिको फैसला उल्ट्याएको थियो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया