विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेको आरोप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई ११ जेठ बिहान करिब ९।३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४।३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
प्रधानमाथि एक्लै भएको मौका पारेर नावबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अङ्ग समाउँदै भुइँमा लडाएर पेन्ट खोली बलात्कार प्रयास गरेको अभियोग छ ।
बलात्कार प्रयासको क्रममा नाबालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
आरोपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो ।
पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक चौधरीकाअनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो ।
मिलापत्रपछि जाहेरी
बलात्कार प्रयास भएपछि बालिकाले रुँदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर बलात्कार प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ ।
बलात्कार हुनबाट जोगिन सफल बालिका रुँदै घर फर्किएर आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो ।
घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेको हो ।
अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्ब्यबहारको प्रयास गरेको आफन्तको दाबी
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया