मंगलबार, चैत २४, २०८२

कबड्डी ४ की अभिनेत्रीविरूद्ध प्रदर्शन, फिल्मको पोष्टर जलाइयो

मेरोन्यूज २०७९ जेठ १७ गते १२:३७

काठमाडौं । कबड्डी – ४ की अभिनेत्री मिरुना मगरले एक युवालाई आफुमाथी दुब्र्यवहारको आरोप लगाएपछि उनी विरुद्ध प्रर्दशन भएको छ । चाबहिलस्थित केएल टावरमा अभिनेत्री मगरविरुद्ध प्रदर्शन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्।

कबड्डी(४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका(२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।

अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन्।ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निशर्त रिहा गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए।

तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया