कबड्डी ४ की अभिनेत्रीविरूद्ध प्रदर्शन, फिल्मको पोष्टर जलाइयो

काठमाडौं । कबड्डी – ४ की अभिनेत्री मिरुना मगरले एक युवालाई आफुमाथी दुब्र्यवहारको आरोप लगाएपछि उनी विरुद्ध प्रर्दशन भएको छ । चाबहिलस्थित केएल टावरमा अभिनेत्री मगरविरुद्ध प्रदर्शन भएको हो ।
मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्।
कबड्डी(४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका(२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।
अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन्।ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निशर्त रिहा गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए।
तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।










यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया