बुधबार, फागुन २७, २०८२

संसद विघटन गरेर पूर्ण बजेट ल्याउनेले अहिले विरोध गर्दा सुहाएन : पुन

मेरोन्यूज २०७९ जेठ १७ गते १२:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संसद विघटन गरेर चुनाव घोषणा गरेर पनि पूर्ण आकारको बजेट ल्याएकाले अहिले बजेटको विरोध गरेको कत्तिपनि नसुहाएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार संसदमा बजेटमाथीको छलफलमा सहभागी भएका नेता पुनले गत वर्ष यही वेला तत्कालिन एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गरको र नीति तथा कार्यक्रम देखि बजेट सम्म पूर्ण आकारको ल्याएको सन्दर्भ उल्लेख गदैं राजस्वका क्षेत्रमा चुनावी सरकारले पूर्ण आकारका बजेट ल्याउन नपाउने सिद्धान्तको समेत वेवास्था गरेर बजेट ल्याउनेले अहिले बजेटको विरोध गरेको नसुहाएको बताएका हुन् ।

गठबन्धन सरकारले अघि सारेको बजेटले कृषिमा क्रान्तिकारी छलाङ मार्ने उनको भनाई थियो । संघीय संसदको प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको दफावार छलफलमा सहभागि हुँदै नेता पुनले कृषिमा ३२ प्रतिशत बजेट बृद्धि हुनुले यस क्षेत्रमा छलाङ मार्ने संभावना रहेको बताएका हुन् ।

पूर्व अर्थमन्त्री अनन्तले बजेटमा समेटिएको बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने, कृषक पेन्सन योजना उत्कृष्ट रहेको र आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको बताए ।

प्रतिक्रिया