संसद विघटन गरेर पूर्ण बजेट ल्याउनेले अहिले विरोध गर्दा सुहाएन : पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संसद विघटन गरेर चुनाव घोषणा गरेर पनि पूर्ण आकारको बजेट ल्याएकाले अहिले बजेटको विरोध गरेको कत्तिपनि नसुहाएको बताएका छन् ।
मंगलबार संसदमा बजेटमाथीको छलफलमा सहभागी भएका नेता पुनले गत वर्ष यही वेला तत्कालिन एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गरको र नीति तथा कार्यक्रम देखि बजेट सम्म पूर्ण आकारको ल्याएको सन्दर्भ उल्लेख गदैं राजस्वका क्षेत्रमा चुनावी सरकारले पूर्ण आकारका बजेट ल्याउन नपाउने सिद्धान्तको समेत वेवास्था गरेर बजेट ल्याउनेले अहिले बजेटको विरोध गरेको नसुहाएको बताएका हुन् ।
गठबन्धन सरकारले अघि सारेको बजेटले कृषिमा क्रान्तिकारी छलाङ मार्ने उनको भनाई थियो । संघीय संसदको प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको दफावार छलफलमा सहभागि हुँदै नेता पुनले कृषिमा ३२ प्रतिशत बजेट बृद्धि हुनुले यस क्षेत्रमा छलाङ मार्ने संभावना रहेको बताएका हुन् ।
पूर्व अर्थमन्त्री अनन्तले बजेटमा समेटिएको बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने, कृषक पेन्सन योजना उत्कृष्ट रहेको र आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको बताए ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया