सेञ्चुरी बैंकको पथरी र इनरुवा खुल्यो शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप नयाँ दुइ शाखा सञ्चालनमा ल्याएको छ । मंगबार देखि बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर श्री मोहनप्रसाद तुम्वापोले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष श्रीमती आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीज्यूले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर श्रीमती विनिता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोईराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलज्य, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया