“म प्रधानमन्त्री बन्न योग्य छैन”
मेरोन्यूज
२०७९ जेठ १८ गते १६:४०

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् ।
हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ?’ भनी सोधेका थिए ।
‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन । म आफ्नै अभिनयको सानो संसारमा खुसी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्नुहुन्छ । म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भनेका छन् ।
उनले आफ्ना लागि काम गर्न सक्ने भए पनि पूरा देश सम्हाल्न नसक्ने बताए । ‘फिल्मकै माध्यमबाट धेरै काम गर्न मलाई साथ मिलिरहेको छ’, अक्षयले भने ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया