शौचालय निर्माण गर्ने भन्दै २९ लाख बढी रकम ‘झ्वाम’ पार्ने प्रधानाध्यापक विरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पर्सा जिल्ला श्रीपुर मुर्ली स्थित नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण गर्ने भन्दै जिल्ला शिक्षा कार्यालयबाट २९ लाख ५० हजार रुपियाँ निकासा गरी विनियोजित रकम सम्बन्धित शीर्षकमा खर्च नगरी आफुखुशी खर्च गरेको अख्तियारले ठहर गरेको छ ।
अख्तियारका अनुसार प्रधानाध्यापक श्रेष्ठले २०६७/०६८ सालको साउन, भदौ र असोज तथा दशैं खर्च बापतको समेत ९२ हजार ३७८ रुपियाँ दोहोरो तलब लिएको उल्लेख गरेको छ ।
दायर आरोपपत्रमा प्रधानाध्यापक श्रेष्ठले विद्यालयका लेखा हेर्ने कर्मचारी राकेशमान श्रेष्ठको समेत मिलेमतोमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्ट्राचार गरेको भन्दै प्रधानाध्यापक श्रेष्ठ र कर्मचारी राकेशमानलाई कानुन बमोजिम कैद र बिगो असुलउपर गरी पाउनसमेत मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया