सप्तकोसी नदीमा हाम फालेका लिम्बुको सकुशल उद्धार
मेरोन्यूज
२०७९ जेठ १९ गते १०:०७

सप्तरी / सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ : १५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए ।
लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।
उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिए ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया