बिहीबार, वैशाख १०, २०८३

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…

मेरोन्यूज २०७९ जेठ १९ गते १६:३६

काठमाडौँ । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई अवतरणको अनुमति दिएको भन्दै एक विमान कम्पनीलाई जरिवाना गरेको छ । यात्रीले भरिएको विमान अवतरण गर्न अनुमति दिएपछि कम्पनीले भारी रकम जरिवाना तिर्नु परेको हो ।

Advertisement
NiccNicc

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले सुरक्षा नियम उल्लंघन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई १० लाख जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताए ।

उडान र अवतरणको तालिम नलिएका एक जना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लंलन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया