अभिनेता पल शाहविरुद्धको मुद्दामा बहस सकियो, के होला निर्णय
मेरोन्यूज
२०७९ जेठ १९ गते १८:१७

काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दाको बहस सकिएको छ । उच्च अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय गर्ने भएको छ ।
जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएसँगै उनले बाहिर बसेर मुद्दा लड्न पाउने भन्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । आज भएको सुनवाइमा शाहको पक्षबाट पाँच जना र ‘पीडित’को पक्षबाट उच्च सरकारी वकिलको कार्यालयबाट एक जनाले बहस गरेका थिए ।
पीडितले बयान फेरेसँगै जिल्ला अदालतमा पीडित नाबालिगको पक्षमा बहस गर्ने सबैले मुद्दाबाट हात झिकेका छन् । आज शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदिश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए ।
यस्तै, पीडित पक्षको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले मात्रै बहस गरे ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया