दक्षिण कोरियामा तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा आउन सकेन
मेरोन्यूज
२०७९ जेठ १९ गते २०:०१
काठमाडौँ । दर्जनौँ हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मंगलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरले नजिकैको जंगलमा व्यापक रूपमा फैलिएको थियो ।
उक्त डढेलो निभाउन ५३ वटा हेलिकोप्टर र करिब दुई हजार ४५० कर्मचारी परिचालन गरिएको छ । यद्यपि, तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।
आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय र भौतिक क्षतिको यकिन विवरण भने अहिलेसम्म बाहिर आएको छैन ।
सम्बन्धित















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया