राजेश खन्नाको बायोपिकबाट पछि हटिन् फराह

मुम्बई । फिल्म ‘मै हुँ न’बाट निर्देशकका रुपमा बलिउडमा डेब्यू गरेकी फराह खान बलिउडको प्रतिभावान निर्देशकका रुपमा चिनिन्छिन् ।
त्यसो त उनी आफैंमा एक कुशल कोरियोग्राफर पनि हुन् । केही समयअघि मात्र फराहले बलिउडका सुपरस्टार राजेश खन्नाको बायोपिक निर्देशन गर्ने खबरले बलिउड गर्माएको थियो । तर अब भने यो गर्माएको माहोल फराहकै कारण चिसिएको छ ।
गत वर्ष निर्माता निखिल द्विवेदीले आफूले राजेश खन्नाको बायोपिक बनाउने घोषणा गरेका थिए । धेरै फिल्मकर्मीले फिल्मको निर्देशन फराहले गर्ने अनुमान लगाएका थिए । यद्यपि फराहले हालसम्म निर्देशनबारे कुनै प्रतिक्रिया दिएकी थिइनन् ।
तर हालैको एक अन्तरवार्तामा उनले आफू राजेश खन्नाको बायोपिकमा नजोडिएको खुलाएकी छन् । ‘हालसम्म मैले यो अवसरका लागि हुन्छ भनेकी छैन । म अहिले नै निर्देशनमा कमव्याक गर्ने सोचमा छैन । मलाई लाग्छ यो वर्षको अन्त्यमा म केही नयाँ योजना लिएर आउँदैछु’, फराहले भनेकी छन् ।
फराहले झण्डै ८० फिल्मका करिब सय बढी गीतमा कोरियोग्राफी गरिसकेकी छन् । कोरियोग्राफीकै लागि उनले ६ फिल्म फेयर र एक नेसनल अवार्ड जितेकी छन् ।















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया